खाेज्नुहाेस

पत्रकार महासंघ कञ्चनपुरको अध्यक्षमा धामी विजयी

Image

अत्तरिया – नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको अध्यक्षमा सुरेश सिंह धामीले विजयी भएका छन् । प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलबाट उम्मेदवार बनेका धामी ५८ मत ल्याउदै विजयी भएका हुन ।

उनका प्रतिद्वन्द्वी प्रेस सेन्टर नेपालका राजेन्द्र प्रसाद अवस्थीले ४६ मत ल्याएका छन् । नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको शुक्रवार सम्पन्न निर्वाचनमा १०७ मत खसेको थियो । जम्मा १ सय १६ मतदाता रहेका छन् ।

add everest academy
attariya hospital
navjiwan hospital

यस्तै  उपाध्यक्ष पदका उम्मेदवार अमर बहादुर चन्दले ६६ मत ल्याएर विजय भएका छन् । उनी सँग प्रतिस्पर्धा रहेका रमेश प्रसाद भट्टले ३५ र शेर बहादुर सिंहलाई २ मत आएको छ । सिंहले भने आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए ।

उपाध्यक्ष महिलामा धर्मा रोकायाले ६४ मत ल्याएर विजयी भएका छन् । भने प्रतिद्वन्द्वी चन्द्रिका चौधरीले ३१ मत पाएकी छन् । सह सचिवमा भने गोकुल जोशीले ५६ मत ल्याएर विजय भएका छन् । प्रतिद्वन्द्वी चन्द्रकान्त जोशीले ३८ मत ल्याएका छन् । मतदान अघि नै आफ्नो उम्मेदवारी नरहेको घोषणा गरेका महादेव अवस्थीलाई ४ मत प्राप्त भएका छन् । कोषाध्यक्षमा मोहन विष्टले ५५ मत ल्याएर विजयी भएका छन् । प्रतिद्वन्द्वी लक्ष्मण पन्तले ५१ मत पाएका छन् ।

यस्तै दलित सदस्यमा ५२ मत लिएर धन बहादुर विक, जनजाति सदस्यमा ५९ मत लिएर दान सिंह डगौरा विजयी भएका छन् । १३ जना सदस्यमा सबै भन्दा बढी ७९ मत ल्याउँदै केशव भट्ट, ७४ मत लिएर सुजित सिनाल, ६९ मत लिएर सुरेश भट्ट, ५७ मत लिएर दिनेश ओझा विजयी भएका छन् । यस्तै भवानी भट्टले ६३, माधव पौडेल ५६, धनबहादुर महताले ५४, र हरिलाल जोशी ५२ मत ल्याएर विजयी भएका छन् ।

attariya technical collage