खाेज्नुहाेस

अबैध भन्सार छलिका सामान बरामद

Image
file photo

धनगढी – कैलाली र कञ्चनपुरमा प्रहरीले अबैध भन्सार छलिका सामानहरू बरामद गरेको छ।

navjiwan hospital

कैलालीको धनगढी उपमहानगरपालिका-९ बग्राकटान र टीकापुर नगरपालिका-९ ठोसे बजारस्थित सडक खण्डबाट भारतबाट भन्सार छलि गरी ल्याइएका अन्दाजी ९२ हजार ६९० बराबरको चिनी, बिडी, साबुन, सरप, सुटपिस, मोजालगायतका सामानहरू प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

add everest academy
attariya hospital

यसैगरी, कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका-८ ऐठपुर,भीमदत्त नगरपालिका- १० भन्सार कार्यालय नजिक र भीमदत्त नगरपालिका-१७ मझगाउँबाट अन्दाजी ३ लाख ९२हजार ९४० बराबरका चिनी, मिश्री, मटर, खाने तेल, स्विटर, टाउजर, टोपी, पञ्जा, साइकल लक, प्लास्टिक झिल्ली, ब्रेकसु, फोरह्वील, साइकल चेन, स्टेन, गियर, चस्मा, नटबोल्ट, हाडवेयर, किराना लगायतका सामानहरू प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

दुवै घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।