अत्तरिया – कैलालीमा प्रहरीले अबैध लागू औषधसहित पाँच जनालाई पक्राउ गरेको छ।
मगलबार धनगढी उपमहानगरपालिका-१० घुईयाँघाटबाट मलराम रानालाई ४१० मिलिग्राम लागू औषध (खैरो हेरोइन) सहित प्रहरीले नियन्त्रणमा लिएको छ।



त्यसैगरी मगलबार नै गोदावरी नगरपालिका-३ बसपार्कबाट बझाङको बुङ्गल नगरपालिका – ५ का ललित नाथ योगीलाई १२० मिलिग्राम लागू औषधसहित पक्राउ गरिएको छ।
यसैबिच अत्तरियामा लागू औषध बिक्री वितरण भइरहेको सूचनाको आधारमा गोदावरी नगरपालिका -१ का राजन हमाल र करुणाकर भट्टलाई ९० मिलिग्राम लागू औषधसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसैबीच टीकापुर नगरपालिका-९ खक्रौलाबाट संजय बिकलाई १.६३ ग्राम लागू औषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। पाँचैजनालाई आवश्यक अनुसन्धान भइरहेको छ।
