खाेज्नुहाेस

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Image

धनगढी – कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार टीकापुर नगरपालिका–१ शक्तिनगरका २२ वर्षीय बिनोद चौधरीको मृत्यु भएको हो ।

navjiwan hospital

सुदूरपश्चिम प्रदेश ०१–००८ प ०८१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलवार दिउँसो दुर्घटना भएको थियो ।

add everest academy
attariya hospital

उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक रामकुमार चौधरी घाइते भएका छन । उनको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।