खाेज्नुहाेस

तराई क्षेत्रमा बाक्लो हुस्सुले उडान प्रभावित

Image
file photo

काठमाडौँ- मंगलबार तराई क्षेत्रमा बाक्लो हुस्सुले उडान प्रभावित भएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार विराटनगर विमानस्थलमा अहिलेसम्म उडान अवतरण हुन सकेको छैन भने जनकपुर विमानस्थल दिउँसो साढे तीन बजेदेखि खुलेको छ ।

navjiwan hospital

तराई क्षेत्रका केही विमानस्थलको उडान नै स्थगित गर्नुपरेको र अरू भद्रपुर, भरतपुर, पोखरा भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थल दिउँसोपछि मात्र खुलेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए ।

add everest academy
attariya hospital

बाक्लो हुस्सुले भिजिबिलिटी कमजोर हुँदा तराई क्षेत्रका विमानस्थलमा उडान प्रभावित भएको उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अरू आन्तरिक र बाह्य उडान अवतरण भने नियमित रूपमा सञ्चालन भइरहेका छन् ।