खाेज्नुहाेस

एनपीएलमा लुम्बिनीको पहिलो जित

Image

काठमाडौँ- कप्तान रोहित पौडेलले ब्याट र बलमा उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ ।

रोहितले ब्याटिङ र बलिङ दुवैमा सानदार अलराउण्ड प्रदर्शन गरेपछि लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हराउँदै पहिलो जित निकालेको हो । पहिलो जितपछि लुम्बिनीले पाँचौ खेलमा अंक खाता खोलेको छ ।

add everest academy
attariya hospital
navjiwan hospital

टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो । जीतका लागि १६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनायो । उसका ल्युक बेनकेनस्टनले सर्वाधिक ३१ रन बनाए ।

लुम्बिनीका कप्तान पौडेलले ४ विकेट लिए । त्यसअघि पौडेलको सर्वाधिक ८० रनको मद्दतमा लुम्बिनीले चितवनलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको थियो । पौडेल जारी एनपीएलमा दुई अर्धशतक पूरा गर्ने पहिलो नेपाली खेलाडीसमेत बनेका छन् ।

उनले पोखरा एभेन्जर्ससँगको खेलमा ९५ रन बनाएका थिए । रोहित २६१ रनका साथ सर्वाधिक रनकर्ताको शीर्ष स्थानमा छन् । त्यस्तै आजको खेलमा लुम्बिनीका साद विन जाफरले ५२ रन बनाए । चितवनका रिजन ढकालले तीन विकेट लिए । आज हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स खेल्दैछन् ।

attariya technical collage