
नुवाकोट- नुवाकोटको किस्पाङ गाउँपालिका–१ नुचेतमा एक महिला दुई जना छोरासहित मृत भेटिएकी छन् । आइतबार २४ वर्षीया चन्दीमाया तामाङ, पाँच वर्षीय छोरा रोशन र तीन वर्षीय छोरा रोमन झुन्डिएको अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय नुवाकोटले बताएको छ ।
चन्दीमायाका श्रीमान् रेसबहादुर बारीमा केराउ टिप्न गएको बेला घटना भएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालयले घटनाबारे अनुसन्धन थालेको बताएको छ ।

