खाेज्नुहाेस

बेलौरीको पुरैनी ताल आइपुगे कलहाँस

Image

कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिका-६ मा रहेको पुरैनी तालमा प्रवासी पन्छी कलहाँस आइपुगेका छन् । उत्तरी ध्रुवमा चिसो बढेपछि प्रत्येक वर्ष पुरैनी तालमा कलहाँस लगायतका जलपन्छीका प्रजाति आइपुग्छन् ।

navjiwan hospital

चालिसभन्दा बढीको सङ्ख्यामा कलहाँसको झुण्ड आइपुगेको छ । तालमा यसअघिकै कैलेहाँस, विजला गैरी हाँस, हरियो टाउके हाँस, सुनजुरे हाँस, सुइरेपुच्छे हाँस, खडखडे हाँस, मालक हाँसलगायत पुगेका छन् ।

add everest academy
attariya hospital

साइबेरिया, युरोपलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेपछि बसाइसराइ गरी आइपुग्ने कलहाँस गर्मी सुरु हुनु अगावै पुरानै ठाउँमा फर्कने गर्दछन् । चराविज्ञ हिरुलाल डगौराले जल पन्छीका लागि आश्रयस्थलका रूपमा रहेका तालतलैया र सिमसार क्षेत्रलाई संरक्षण गर्नुपर्ने बताए ।