खाेज्नुहाेस

बाजुराको रुगिन स्वास्थ चौकीमा आगलागीबाट झण्डै २ करोडको क्षति

Image
file photo

अत्तरिया- बाजुराको रुगिन स्वास्थ चौकीमा आगलागीबाट झण्डै २ करोडको क्षति भएको छ । हिमाली गाउँपालिका-५ रुगिनस्थित ढुङ्गा माटोले बनेको टिनले छाएको १ तले ६ कोठे रुगिन स्वास्थ चौकीको भवनमा आगलागीबाट १ करोड ८० लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको हो ।

navjiwan hospital

आइतबार दिउँसो उक्त स्वास्थ चौकीमा बिजुलीको तार सट भई आगलागी भएको थियो । आगलागीबाट स्वास्थ्य चौकी भवन, औषधी, मेसिन, दराज, कागजपत्र लगायतका सामानहरु जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

add everest academy
attariya hospital

उक्त आगलागी नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको र सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।