खाेज्नुहाेस

सुदूरपश्चिमका तीन जिल्लाबाट अवैध सामान बरामद

Image
file photo

अत्तरिया- प्रहरीले सुदूरपश्चिमका तीन जिल्लाबाट अवैध सामान बरामद गरेको छ । कैलाली, कञ्चनपुर र बैतडीबाट अवैध सामान बरामद गरिएको हो ।

कैलालीको धनगढी-२ सिसा पोष्ट, धनगढी-३ मायामेट्रो अस्पताल नजिक, धनगढी-१० इटाभट्टा नजिक, धनगढी-१२ बिरेघाट र जोशीपुर गाउँपालिका-२ मुद्दीबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ९८ हजार ७८० मूल्यको सामान आइतबार बरामद गरिएको हो ।

add everest academy
attariya hospital
navjiwan hospital

चिनी, मिश्री, बदाम, सुर्ती, पर्दा, कुर्सीको कभर, टेबुलको कभर, सुटपिस, सिद्रा माछा, किराना लगायतका सामानहरू सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

आइतबार नै कञ्चनपुरको भीमदत्त नगरपालिका-५ सुकासाल र भीमदत्त-१० भन्सार कार्यालय नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ९३ हजार ६२५ मूल्यको चिनी, मिश्री, नरिवल, बिजुलीका सामान, हार्डवेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ ।

त्यसैगरी बैतडीको दशरथचन्द नगरपालिका-१० अदारीपिण्डस्थित सडक किनारबाट भारतबाट भन्सार छली ल्याएका अन्दाजी ४२ हजार ५१० मूल्यको चिनी, मिश्री, गुड, गुडपट्टी, दाल, चक्लेट, बिडी, सरप, चप्पल, बदाम लगायतका सामानहरु प्रहरी चौकी बाराकोट, बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

attariya technical collage