खाेज्नुहाेस

यु-१९ एसिया कपमा नेपालले अफगानिस्तालाई हरायो

Image

काठमाडौं – यू-१९ एसिया कपमा अफगानिस्ताविरूद्ध नेपाल वजयी भएको छ। युएईको शारजाह क्रिकेट स्टेडियममा मंगलबार भएको खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको हो।

यसअघि नेपाल श्रीलंका र बंगलादेशसँग पराजित भएको थियो। समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपाल विजयी भएको हो। जितका लागि पाएको १२४ रनको लक्ष्य नेपालले ९ विकेट गुमाएर ४१.३ ओभरमा पूरा गरेको हो।

attariya hospital
navjiwan hospital

नेपालका लागि कप्तान हेमन्त धामीले नट आउट २२ रन बनाए। त्यसअघि अभिषेक तिवारीले १३, अर्जुन कुमालले २१ र नरेन साउदले २६ रन बनाएका थिए। बलिङतर्फ अफगानिस्तानका अल्लाह गजान्खर र खतिर स्टानिकजइले ३/३ विकेट लिए। अब्दुल अजिज र महबुब खानले १/१ विकेट लिए।

पहिले ब्याटिङ गरेको अफगानिस्तान ३५.४ ओभरमा अल आउट हुँदै १२३ रन बनाएको थियो। युनिस ठकुरी र सन्तोष यादवले तीन/तीन तथा हेमन्त धामी र अभिषेक तिवारीले २/२ विकेट लिँदा अफगानिस्तान सस्तोमै समेटिएको थिए।

फैजल सिनोजादाले अर्धशतक बनाएका थिए। उनले ६७ बलमा चार चौका र २ छक्का हाने। खतिर स्टानिकजइ १५, गजान्फर ११, नसीर खान १० र बरकत इब्राहिमजइ १२ रनमा आउट हुँदा अरूले दोहोरो अंकमा रन बनाउन सकेनन्।

maya metro hospital

नेपाल र अफगानिस्तान दुबै एसिया कपमबाट बाहिरिसकेका छन्। समूह बी बाट श्रीलंका र बंगलादेश सेमीफाइनल पुगेका छन्।