खाेज्नुहाेस

गोदावरीमा विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

Image

अत्तरिया – कैलालीको गोदावरीमा पनि ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । गोदावरी नगरपालिका, परिलक्षित संस्था र निड्सको आर्थिक सहयोगमा गोदावरी नगर स्तरीय अपाङ्ग कार्य सञ्जाल दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरेको हो ।

navjiwan hospital

दिवसको अवसरमा मंगलबार बिहान अत्तरिया बजार परिक्रमा गरेर अत्तरियामा रहेको राधाकृष्ण मन्दिरमा छलफल कार्यक्रम आयोजना गरिएको थियो । छलफल कार्यक्रममा बोल्दै प्रदेश सांसद तुलसी देवकोटाले अपाङ्गता भएका व्यक्तिहरूको स्पष्ट रूपमा डाटा भए काम गर्न सहज हुने बताइन् । उनले अपाङ्गता भएकाहरूको सङ्ख्या यकिन गरेर नीति निर्माण तहमा पु¥याउन आवश्यक रहेको बताइन् ।

attariya hospital

गोदावरी नगरपालिका – २ का वडा सदस्य डबल साउँदले अझै पनि अपाङ्गता भएका व्यक्तिहरूको चाहना अनुसार परिवर्तन हुन नसकेको बताए । ‘२०६४ यता धेरै परिवर्तन भए पनि अझै धेरै प्रकारका अपाङ्गता भएका व्यक्तिहरू अझै लाभान्वित हुन सकेका छैनन्’ उनले भने ‘राज्यले अपाङ्गता भएका व्यक्तिहरू प्रति अझै समान व्यवहार गरेका छैन । म आफू पनि अपाङ्गता भएको व्यक्ति हुँ तर, अहिले वडाबाट हालेको बजेट पनि माथिबाट काटिने गरेको छ । यसबाट राज्यको दृष्टि प्रस्ट हुन्छ ।’ उनले अपाङ्गता भएका व्यक्ति घर बाहिर निस्किन आवश्यक रहेको बताए ।

गोदावरी नगर स्तरीय अपाङ्ग कार्य सञ्जालका अध्यक्ष लक्ष्मण विकले अपाङ्गता भएकाहरूको खुसी दिवसमै सीमित रहन नहुने बताए । उनले अपाङ्गता भएका व्यक्तिलाई ३६५ दिन नै खुसी रहने वातावरण बनाउनु पर्ने बताए । उनले अझै पनि अपाङ्गता भएका व्यक्तिका हक अधिकार कार्यान्वयन हुन नसकेकोले यसको लागि राज्यले ध्यान दिनुपर्ने बताए ।