एनपीएलमा सुदूरपश्चिमको सानदार विजयी सुरुआत

अत्तरिया– जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले उत्कृष्ट सुरुवात गरेको छ । सोमबार विराटनगर किंग्सलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिमले सानदार सुरुवात गरेको हो ।

Karma Consultancy

टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १८२ रनको विशाल स्कोर तयार ग¥यो । सुरुवाती १० ओभरसम्म खासै राम्रो प्रर्दशन गर्न सकेको थिएन । कप्तान दिपेन्द्र सिँह ऐरीको अर्धसतकिय कप्तानी पारीका कारण सुदूरपश्चिमले उच्च स्कोर तयार गर्न सफल भएको थियो । ऐरीले २४ बलमा बिस्फोटक ५७ रनको पारी खेलेका थिए । उनलाई साथ दिदै ओपनर विनोद भण्डारीले २३ रन र इसान पाण्डेयले २१ रन बनाए । बलिङमा विराटनगरका अनिल खरेलले महत्वपुर्ण ३ विकेट लिए ।

citizen security services

१८३ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको विराटनगरको सुरुवात एकदमै खराब रह्यो । इनिङको पहिलो ओभरमै भरपर्दा ब्याट्सम्यान मार्टिन गप्टीललाई गुमाएको विराटनगरले पावरप्लेमा २१ रनमै आफ्ना महत्वपुर्ण ३ विकेट गुमाईसकेको थियो । मध्यक्रममा केही सम्हालिने कोसिस गरेपनि १६ दशमलव १ ओभरसम्म आईपुग्दा विराटनगरले आफ्ना सबै विकेट गुमाएर ९२ रन मात्रै बनाउन सक्यो ।

attariya hospital

विराटनगरका तर्फबाट बसिर अहमदले २४, राजेश मुलामीले १५ तथा अनिल खरेरले अविजित १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । विराटनगरलाई सस्तैमा समेट्न सुदूरपश्चिम रोयल्सका अविनाश बोहरा र स्कट कुगेलेइले ३÷३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.