कञ्चनपुर– कञ्चनपुरमा खैरो हिरोइन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बेल्डाँडी गाउँपालिका–३ बैबाह ३२ नम्बर पिल्लरस्थित बिओपी झिलमिलाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत टाटरगञ्ज बस्ने ४५ वर्षीय चुम्मन सिंह र कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–२ चन्दनबस्ती बस्ने १८ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ ।

दुबै जनालाई ७४ मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।