काठमाडौँ- रामेछापको गोकुलगंगा गाउँपालिका-६ स्थित सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटना भएको छ । शुक्रबार दिउँसो ना १ ज ७१२३ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
१४ सिट क्षमता भएको उक्त गाडीमा ८ जना सवार रहेकामा ५ जनाको घटनास्थलमै मृत्यु भएको रामेछापका डीएसपी प्रदीप सिंहले बताए । मृत्यु हुनेमा एक जना गोकुलगंगा-४ का वडा अध्यक्ष रामचन्द्र बस्नेत रहेका उनले बताए । त्यस्तै, चालक हिराबहादुर कार्कीको पनि मृत्यु भएको खुलेको छ ।
दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते केशव शर्मासहित तीन जनालाई उद्दार गरेर अस्पताल पठाइएको छ । डीएसपी सिंहले काठमाडौँबाट बेताली जाँदै गरेको गाडी सडकबाट करिब ३०० मिटर तल खसेको बताए ।