कैलालीको टीकापुर अस्पतालमा सुत्केरीलाई न्यानो झोला

कैलाली- टीकापुर अस्पताललाई सुत्केरीका लागि उपयोगी हुने न्यानो झोलाहरु प्रदान गरिएको छ । स्थानीय समाजसेवी टेकराज बिनाडीले अस्पताललाई २५० वटा झोला प्रदान गरेका हुन् ।

maya metro hospital

उनले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारी, पूर्वअध्यक्ष दीपक रावल र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट रेमकुमार राईलाई संयुक्त रूपमा झोला हस्तान्तरण गरेका छन् । झोलामा सुत्केरीका लागि गाउन, बच्चाका लागि भोटो, दौरा र न्यापकिनको व्यवस्था गरिएको छ ।

अस्पतालले सुत्केरीलाई एउटा झोला उपलब्ध गराउँदै आएको छ भने सुत्केरीहरुले झोलामा भएका सामग्रीले आफू र बच्चालाई दुई महिनासम्म सहज भएको बताएका छन् ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.