खाेज्नुहाेस

सुदूरपश्चिमबाट खेल्न नेपाल आइपुगे मक्मलेन

Image

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्न सुदूरपश्चिम रोयल्समा अनुबन्धित स्कटल्यान्डका ब्रान्डन मक्मलेन नेपाल आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुदूरपश्चिम रोयल्सका प्रतिनिधिले स्वागत गरेका थिए ।

navjiwan hospital

ब्याटिङ अलराउन्डर मक्मलेनले स्कटल्यान्डबाट १६ टि ट्वान्टी आईमा ६ अर्धशतकसहित ४ सय ९७ रन बनाएका छन् । उनले सन् २०२३ मा जर्मनीविरुद्ध खेल्दै टि–ट्वान्टी आईमा डेब्यु गरेका थिए । उनी स्कटल्याण्डको ओडिआई टोलीको पनि सदस्य हुन् । २६ ओडिआईमा उनले ३ शतक र २ अर्धशतकसहित ८ सय ८८ रन बनाएका छन् ।

attariya hospital

सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा छन् । दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठ, वसन्त खत्री, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (यूएई) सो टोलीमा छन् ।

क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गतेसम्म एनपीएल हुँदैछ ।