अभ्यास खेलमा विराटनगर पराजित

काठमाण्डौं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा रहेको विराटनगर किंग्स पोखरा एभेन्जर्ससँग ३६ रनले पराजित भएको छ। मुलपानी क्रिकेट मैदानमा पोखरासँगको अभ्यास खेलमा विराटनगर पराजित भएको हो।

maya metro hospital

टस जितेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो। उसका लागि मार्की खेलाडी कुशल भुर्तेलले सर्वाधिक ३५ बलमा ५५ रनको विष्फोटक इनिङ खेल्दा अन्य खेलाडीको प्रदर्शन भने औसत रह्यो। अर्को दोहोरो स्कोरका रुपमा दिनेश खरेलले १६ रन बनाउँदा विदेशी खेलाडी बास डि लिड्सले १९ रन बनाए। त्यस्तै, माइकल लिस्कले २१ रन बनाउँदा किरण ठगुन्नाले १० रन बनाएका थिए।

विराटनगरका लागि सन्दीप लामिछाने र सुवास भण्डारीले २–२ विकेट लिँदा जितेन्द्र मुखिया, प्रतिश जिसी र राजेश पुलामीले समान १–१ विकेट लिए।

attariya hospital

विदेशी खेलाडीबिना मैदानमा ब्याटिङका लागि उत्रिएको विराटनगर गतिलो ब्याटिङ गर्न असफल भयो। विराटनगर निर्धारति २० ओभरमा ८ विकेट गुमाएर १ सय २४ रनमा समेटिएको थियो। उसका लागि फिर्दोस अन्सारीको २१ रनमा अविजित रहँदा दिपक बोहराले १९ रन तथा बसिर अहमदले १८ रन बनाए। फिर्दोसलाई सुवाष भण्डारीले १२ रनमा साथ दिएका थिए।

पोखराका लागि सागर ढकाल र त्रितराज दासले २–२ विकेट लिएका थिए। शनिबार हुने एनपिएलको उद्घाटन खेलमा विराटनगरले जनकपुर बोल्ट्सको सामना गर्दैछ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.