धनगढी- धनगढी उपमहानगरपालिका भित्रका विद्यालयलाई विपद् व्यवस्थापन सम्बन्धी अभ्यास गराइने भएको छ । बुधबार उपमहानगरले सूचना जारी गर्दै संस्थागत विद्यालयलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कृत्रिम घटना अभ्यास तथा अभिमुखीकरण गराइने जनाएको हो ।

उपमहानगरले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कृत्रिम घटना अभ्यास तथा अभिमुखीकरण कार्यक्रम गर्न इच्छुक विद्यालयले उपमहानगरलाई रितपूर्वक खबर गर्न सूचनामार्फत भनेको छ । इच्छुक विद्यालयलाई निःशुल्क रुपमा प्रशिक्षक उपलब्ध गराइने सूचनामा उल्लेख छ ।
