धनगढी – कैलालीको धनगढीबाट चोरी मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ६ महिना कैद सजाय र १० हजार जरिवाना तोकेका धनगढी उपमहानगरपालिका–१ बस्ने २६ वर्षीय भरत बस्याल पक्राउ परेका हुन्।

बस्याललाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको हो।