खाेज्नुहाेस

स्टोरमा आगलागी हुँदा ४० लाखको क्षति

Image

जनकपुरधाम- धनुषाको बटेश्वर गाउँपालिका-३ मा रहेको कुशवाहा जेनरल स्टोर्समा आगलागी हुँदा ४० लाख बढीको क्षति भएको छ । मंगलबार राति रामकुमार महतोले घरमै सञ्चालन गरेको जेनरल स्टोर र कुशवाहा टपरी उद्योगमा आगलागी भएको हो ।

navjiwan hospital

उद्योगमा तयार भएको ८ लाखको टपरीसहित कच्चा पदार्थ, जेनरल स्टोर्समा रहेको पेपर प्लेट, पानी ग्लास, चिया ग्लासलगायत जलेर ४० लाख भन्दा बढीको क्षति भएको पीडित महतोले बताए ।

attariya hospital

आगलागी स्थानीय, क्षिरेश्वरनाथ नगरपालिका र दंगा प्रहरी गण ढल्केवरको वारुणयन्त्रले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले बताए । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।