कैलाली- कैलालीका दुई ठाउँमा मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

धनगढी उपमहानगरपालिका-३ बोराडाँडीमा सुपप्र ०१-००८ प ७४३६ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका-८ का सुर्यबहादुर धामी र पैदलयात्रीहरु धनगढी-५ तारानगरका २० वर्षीय उमेश गिरी र १८ वर्षीय नेत्रनाथ योगी रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । उनीहरुको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको प्रहरीले बताएको छ ।

यस्तै, बर्दगोरिया गाउँपालिका-२ मा से२प ४३८० नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । साइकलयात्री बर्दगोरिया–२ का २६ वर्षीय नैने विक र मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका-८ का ६५ वर्षीय चित्रबहादुर चौधरी घाइते भएका कैलाली प्रहरीले बताएको छ ।
घाइते दुबै जनाको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको प्रहरीले बताएको छ ।