ब्लाइण्ड टी२० विश्वकपमा नेपालको दोस्रो जित

काठमाडौँ- पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले हराएको छ । प्रतियोगितामा नेपालको यो दोस्रो जित हो ।

maya metro hospital

नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १ ८७ रनमात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका बुल्हे भिड्लाले नटआउट १ सय रन बनाए । दक्षिण अफ्रिकाका दुई जना खेलाडी रनआउट भए ।

यसअघि पाकिस्तानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १९८ रन बनायो । नेपालका नरेश चौधरीले ८०, सागर लामाले ४०, पदम बडैलाले ३४ रन बनाए । दक्षिण अफ्रिकाका बुल्हे भिड्लाले १ विकेट लिए ।

attariya hospital

नेपाल पहिलो खेलमा श्रीलङ्कासँग र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । नेपालले तेस्रो खेलमा भने सोमबार अफगानिस्तानलाई हराएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.