खाेज्नुहाेस

कैलाली-कञ्चनपुरमा साढे ७ लाख बढीको अवैध सामान फेला

Image
file photo

अत्तरिया- कैलाली र कञ्चनपुरमा साढे ७ लाख बढीको अवैध सामान फेला परेको छ । दुबै जिल्लाका विभिन्न स्थानमा प्रहरीले अन्दाजी ७ लाख ५७ हजार ८ सय ९० मूल्यको अवैध सामान बेवारिसे अवस्थामा फेला पारेको हो ।

navjiwan hospital

धनगढी-२ ट्राफिक चौराहा र आदर्श चोक, भजनी नगरपालिका-३ बर्दुवाफाटा, भजनी-५ झुठाघाट, भजनी-८ खैरा, भजनी-९ सयपत्री सामुदायिक वनको बिच जंगल, लम्कीचुहा नगरपालिका-३ चिसापानी बजार र जोशीपुर गाउँपालिका-३ लक्कडमा अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ४ लाख ५७ हजार १४० मूल्यको सामान बरामद गरेको प्रहरीले बताएको छ ।

attariya hospital

प्याज, चिनी, चना, बदाम, हरियो खुर्सानी, बिडी, सुर्ती, युरिया मल, माछा, सिद्रा माछा, किटनाशक औषधि, किरानाका सामान, मोटरसाइकल २ थान लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-१० भन्सार कार्यालय नजिक र जिमुवा जाने बाटोमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३ लाख ७५० मूल्यको चिनी, मिश्री, सुटपिस, ज्याकेट कपडा, मोटर, नल्का, मोबाइलका सामान, कस्मेटिक, हार्डवेयर, किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।