
बाजुरा- बाजुराका तीन घरमा आगलागी भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका–४ ताडीका गुलाब बोहरा, भीमलाल बोहरा र हिरामणी बोहराको घरमा आगलागी भएको हो ।
तीनै जनाका सँगै जोडिएका घरमा आइतबार आगलागी भएको प्रहरीले बताएको छ । आगलागीबाट तीनओटै घरमा रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जलेर करिब ४५ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
