धनगढी – आजदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । लैङ्गिक रूपमा हुने हिंसा नियन्त्रणको लागि विश्वव्यापी अभियानको रूपमा लिइने यो दिवस मंसिर १० देखि सुरु भएर मंसिर २५ अर्थात् नोभेम्वर २५ देखि डिसेम्बर १० सम्म मनाइने गरिन्छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले हामी सबैको प्रतिवद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता लैङ्गिक हिंसा विरुद्धको अभियानको राष्ट्रिय नारा तय गरेको छ । यस्तै ‘बेइजिङ घोषणपत्र र कार्यान्वयनको ३० वर्षः महिला विरुद्धको हिंसा अन्त्यका लागि एकजुट बनौँ’ भन्ने अन्तराष्ट्रिय नारा तय गरिएको छ ।

अभियान अन्तरगत कैलाली कञ्चनपुरमा पनि लैङ्गिक हिंसाविरुद्ध सचेतनाका लागि पालिकाहरूमा अन्तरक्रिया, ¥याली, अभिमुखीकरण, घुम्ती शिविर, सडक नाटक लगायतका सचेतनामूलक कार्यक्रम गरिदै छन ।
गैरसरकारी संस्था महासङ्घ सुदूरपश्चिम प्रदेशको नेतृत्वमा २२ वटा गैरसरकारी सङ्घसंस्थाले कैलाली कञ्चनपुुरमा अभियानभरि १५३ वटा सचेतनामूलक कार्यक्रम गर्दै छन ।