अत्तरिया – कैलालीको गोदावरीमा एक जना बेहोस अवस्थामा फेला परेका छन्।
गोदावरी नगरपालिका–४ सालिनबाटिकाका अन्दाजी ६० वर्षीय यज्ञबहादुर सिंह बेहोस अवस्थामा फेला परेका हुन । उनको कान र नाकबाट रगत बगिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घाइते सिंहको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।