काठमाडौँ- नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री पदम राईको निधन भएको छ ।

भोजपुरको षडानन्द नगरपालिका बोयाका ५७ वर्षीय राईको हिजो काठमाडौँको वीर अस्पतालमा निधन भएको माओवादी केन्द्रका नेता सुदन किराँतीले जानकारी दिए ।

उनी पार्किन्सन रोगबाट पीडित थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राईको निधनमा दुःख व्यक्त गरेका छन् ।