खाेज्नुहाेस

कैलाली-कञ्चनपुरमा ६ जना पक्राउ, घरभित्रै खाल्डोमा थियो लागुऔषध

Image

अत्तरिया- कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । प्रहरीले दुबै जिल्लाबाट ३३ जना पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका-४ ओपेरा होटेल पछाडि खोपा छाप्राबाट सोही छाप्रामा बस्ने २६ वर्षीय अमित खत्री, २१ वर्षीय चक्रबहादुर सुनार र वेदकोट नगरपालिका-७ सुडा बस्ने २१ वर्षीय नवीन डगौरालाई पक्राउ गरेको हो ।

attariya hospital
navjiwan hospital

लागुऔषधको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा खोपा छाप्रामा चेकजाँज गर्दा उनीहरुलाई शनिबार घरभित्र खाल्डो खनेर कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थामा फेनारगन ३९ पिस, एम्पुल ४२ पिस र सिरिञ्ज ३ पिस बरामद गरी नियन्त्रणमा लिएको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले धनगढी-१२ पट्रीघाटबाट सुपप्र ०१-०१२ प ३७४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा धनगढी-७ बस्ने २३ वर्षको भजौरा राना र २४ वर्षको प्रकाश रानालाई २४० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएको छ ।

शनिबार नै जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले पट्रीघाटबाटै सुपप्र ०१-०१० प ९६८१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा धनगढी-८ धनगढीगाउँ बस्ने २८ वर्षको सुरेन्द्र रानालाई ५१० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका ६ जनामाथि नै थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।