
अत्तरिया- कैलालीमा अवैध सामान बेवारिसे फेला परेको छ । जिल्लाका विभिन्न स्थानमा प्रहरीले अवैध सामान बेवारिसे अवस्थामा फेला पारेको हो ।
धनगढी-३ ट्राफिक चौहारा, धनगढी-४ बसपार्क, धनगढी-९ त्रीवेणीघाट, धनगढी-१९ बहुलियाघाट र जोशीपुर गाउँपालिका-१ पिपरकोटीबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ६९ हजार ४०० मूल्यको सरफ, सुर्ती, सुटपिस, साडी, तामाका गाग्री, बच्चाको सेट कपडा, ब्रोइलर कुखुरा, माछाका भुरा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ ।
