नियमित सरसफाइ नहुँदा गोदावरी आर्यघाट दुर्गन्धित

अत्तरिया – कैलालीको गोदावरीमा नियमित सरसफाइ नहुँदा दुर्गन्धित बन्द पुगेको छ । गोदावरी आर्यघाटमा अन्तिम दाहसंस्कारका क्रममा हुने फोहोरको उचित व्यवस्थापन नहुँदा दुर्गन्धित बनेको हो । कहिलेकाहीँ सङ्घसंस्था तथा केही व्यक्तिले स्वस्फुर्त रूपमा सरसफाइ गरे पनि उक्त कार्य निरन्तर हुन नसक्दा आर्यघाट दुर्गन्धित हुने गरेको छ । आर्यघाटको प्रवेश स्थानमै जताततै मृत्युवरण गरेका व्यक्तिका कपडा लगायतका सामाग्री फाल्ने गरिएको छ भने दाहसंस्कार गर्न गएका व्यक्तिहरूले पनि जताततै फोहोर फाल्ने गरेका छन् ।

maya metro hospital

आर्यघाटमा जताततै फोहोर फालिदा निकै दुर्गन्धित बनेको गोदावरीका स्थानीय परी नाथ योगीले बताए । उनले फोहोर जताततै फालिदा नाक थुन्ने अवस्था रहेको बताए । ‘फोहोर फाल्ने ठाउँ तोकिएको भए पनि त्यसमा कसैले पनि फोहोर फालेको देखिँदैन’ उनले भने ‘जताततै छरपस्ट फोहोर फालिदा गोदावरी आर्यघाट दुर्गन्धित बनेको छ ।’

अधिकांशले मृत्युवरण गरेका व्यक्तिले प्रयोग गरेका पुराना कपडा लगायतका सामान आर्यघाटमै फाल्ने गरेका छन् । तर, ती सामान जताततै फालिने गरिएकाले आर्यघाट दुर्गन्धित र कुरूप बनेको छ । त्यस्ता सामग्री फाल्ने निश्चित ठाउँ तोकिएको भए पनि अधिकांशले त्यसको व्यवस्ता गर्दै आएका छन् ।

attariya hospital

गोदावरी आर्यघाटको प्रवेश क्षेत्रमै केही महिना अघि अत्तरियामा रहेको खानेपानी तथा सरसफाइ संस्थाले फोहोर फाल्ने डस्टबिन राखेको थियो । तर, ती डस्टबिनमा कसैले फोहोर फाल्ने गरेका छैनन् भने न कसैले त्यहाँ नियमन नै गर्ने गरेको छ । जसका कारण गोदावरी आर्यघाटको फोहोर मैला व्यवस्थापन कुनै दिवस या पर्व विशेषमा गरिने सरसफाइ कार्यक्रममा भर पर्ने गरेको छ ।

आर्यघाट गोदावरी नगरपालिका ४ मा पर्ने गरेको छ । नगरपालिकाको फोहोर मैला व्यवस्थापन शाखाका प्रमुख प्रमल महराले आर्यघाटमा फोहोर मैला व्यवस्थापनका लागि डस्टबिन राखिएको बताए । उनले जम्मा भएको फोहोर सोही ठाउँमा जलाउने या खाल्डो खनेर पुर्ने गरिएको बताए ।

‘आर्यघाटमा ३/४ वटा डस्टबिन राखेका छौ । हामीले ठाउँ ठाउँमा जथाभाबी फोहोर नफाल्नको लागि सचेत गराउन होर्डिङ बोर्ड राखेका छौ’ उनले भने ‘तर, फोहोर जहाँ पायो त्यहाँ फाल्ने गरिएको छ ।’ उनले नियमनका लागि केही दिन अघि नगर प्रहरी परिचालन गरिएको भए पनि अहिले प्रहरी पनि राख्न नसकिएको बताए । उनले नियमित सरसफाइको काम हेर्ने गरी कर्मचारी राख्न नसकिएको बताए । आर्यघाट व्यवस्थापनका लागि समिति भए पनि समिति पनि सक्रिय नभएको उनको भनाइ छ ।

गोदावरी आर्यघाटमा हाल आर्यघाट व्यवस्थापन समिति पनि गठन गरिएको छ । समितिका कोषाध्यक्ष मान बहादुर बलायरले आर्यघाटमा सरसफाइका लागि सेना, प्रहरी विभिन्न संघ संस्थाको भर पर्नु परेको बताए । उनले समिति मार्फत नै सरसफाइ गर्ने कर्मचारी राख्न सक्ने अवस्था नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.