चर्चित टेनिस खेलाडी राफेल नडालले लिए सन्न्यास

एजेन्सी- स्पेनका चर्चित टेनिस खेलाडी राफेल नडालले सन्न्यास लिएका छन् । ३८ वर्षीय नडालले मङ्गलवार डेभिस कपमा आफ्नो अन्तिम खेल खेले । यो खेलमा नडाल लगातार दुई सेटमा ६–४, ६–४ ले नेदरल्यान्ड्सका बोटिक वानसँग हार्न पुगे ।

maya metro hospital

टेनिसबाट सन्न्यासको घोषणा गर्दै राफेल नडालले २० वर्षको आफ्नो करियरमा राम्रो समय र खराम समयमा पनि आफूलाई प्रोत्साहित गरेको भन्दै समर्थकलाई धन्यवाद दिए ।

नडाललाई ुकिङ अफ क्लेु मानिन्थ्यो । यद्दपि उनले सबैखाले कोर्टमा उपाधि जितेका छन् । नडालले १४ पटक फ्रेन्च ओपन जितेका छन् । उनले रोल्यान्ड गेरोसमा खेलेको १ सय १६ महत्त्वपूर्ण खेलमा १ सय १२ खेल जितेका छन् ।

attariya hospital

पुरुषतर्फ सबैभन्दा धेरै ग्रान्ड स्लाम जित्नेमा सर्बियाका नोभाक जोकोभिच छन् । जोकोभिचले २४ पटक ग्रान्ड स्लाम जितेका छन् । २२ पटक ग्रान्ड स्लाम जितेका राफेल नडाल दोस्रो स्थानमा छन् ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.