धनगढी– कैलालीको धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आयोजना गरिएको छ। गोष्ठीको गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेका छन्। गोष्ठीमा सुरक्षा निकायका प्रमुख लगायत सहभागि छन्। प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मुख्यमन्त्री कमलबहादुर शाह लगायत मन्त्री, प्रदेश सभा सदस्य लगायत पनि सहभागि भएका छन्।
सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री लेखकले १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचन लाई शान्तिपुर्ण, निष्पक्षय र स्वतन्त्र सम्पन गर्न अहिले देखि नै तयारी आवश्यक रहेको बताए । उनले देशमा बहुलवाद सहितको शासन ब्यवस्था भएको हुदाँ यसलाई ब्यवस्थीत र सुदृढ गर्ने आवश्यक रहेको बताए ।
लामो समय पछि सुदूरपश्चिम प्रदेशमा सुरक्षा गोष्ठीको आयोजना भएको स्मरण गदै गृहमन्त्री लेखकले यो बैठकले औपचारिकता भन्दा पनि परिणाम आउँने गरी अगाडी बढ्ने दावी गरे । प्रदेशका ९ वटै जिल्लाको सुरक्षाको अवस्था, अपराध नियन्त्रणको अवस्था र कानुन कायान्यनको अवस्था लाई आत्मसाथ गदै आगामी दिनमा कसरी अगाडी बढ्न सकिन्छ भन्ने विषमा छलफल हुने बताए । प्रदेशमा संविद्यान र कानुन बमोजिम नागरिकले सेवा पाउँनु पर्नेमा लेखकले जोड दिए ।