कैलाली- कैलालीमा एक फरार प्रतिवादी पक्राउ परेका छन् । जोशीपुर गाउँपालिका–१ बढरीयाका ५७ वर्षीय रामफिरत चौधरी पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनलाई जिल्ला अदालत कैलालीले २०७९ असार १३ गते लेनदेन मुद्दामा बिगो नतिरेकोले १ वर्ष कैद सजाय तोकेको थियो । सोही दिनबाट फरार रहेका चौधरीलाई इलाका प्रहरी कार्यालय जोशीपुरको प्रहरी टोलीले सोमबार पक्राउ गरेको जनाएको छ ।