काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंसिर १५ गतेदेखि तालिका सार्वजनिक गरेको हो। खेलको फाइनल पुस ६ गते राखिएको छ।
तालिकाअनुसार उद्घाटन खेल विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच हुनेछ।
दोस्रो खेल भने काठमाडौं र चितवनबीच हुनेछ भने तेस्रो दिन दुई खेल आयोजना हुनेछ। प्लेअफ खेलहरू भने पुस ३ र ४ गते हुनेछ।