कैलाली-कञ्चनपुरमा २१ लाखको अवैध सामान बरामद, दुई जना पक्राउ

अत्तरिया- कैलाली र कञ्चनपुरमा २१ लाखको अवैध सामान बरामद गरिएको छ । दुबै जिल्लाका विभिन्न स्थानबाट २० लाख ९९ हजार ९८० मूल्य बराबरको अवैध सामान बरामद गरिएको हो ।

maya metro hospital

आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिका-४ महेन्द्रनगर बजारको कबडहल जाने सडकबाट सुपप्र ०१००१ ख २६११ नम्बरको मिनिटाटालाई शंका लागि चेकजाँच गर्दा अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको अन्दाजी १० लाख ४ लाख ४ सय मूल्यको चक्लेट, सुदर्शन सुपारी, सुर्ती, नरिवल, दाल, चिनि लगायतका सामान पाइएको प्रहरीले बताएको छ ।

सो सामानसहित गाडी र चालक बैतडीको दशरथचन्द नगरपालिका-२ बस्ने २८ वर्षका दीपक सिंह भाट र गाडीसाहु कञ्चनपुरको भिमदत्त-४ बस्ने २४ वर्षका शम्भु भट्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital

आइतबार नै भीमदत्त-४ बसपार्क, भीमदत्त-६ ऐठपुर, भीमदत्त-१० गड्डाचौकी र भीमदत्त-११ चौकीसत्ताबाट भारतबाट भन्सार छली ल्याएका अन्दाजी ८ लाख ६५ हजार ६८० मूल्यको चिनि, मिश्री, जुत्ताचप्पल, कपडा, हार्डवेयर, मोबइलका सामान, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।

त्यसैगरी कैलालीको धनगढी-२ पुरानो भन्सार रोड, गोदावरी नगरपालिका-१ धनगढी रोड र टीकापुर नगरपालिका-९ बालुवाटारबाट भारतबाट भन्सार छली ल्याएका २ लाख २९ हजार ९ सय मूल्य बराबरको प्याज, बिडी, सुर्ती, सुटपिस, फोटो फ्रेमिक कभर, फोटोकपी पेपर, प्लाष्टिक झिल्ली, छिद्रा माछा लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट संयुक्त खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.