पूर्वसभामुख ढुंगानाको निधन

काठमाडौँ- पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । ८३ वर्षीय ढुंगानाको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा आज दिउँसो २ बजे उपचारका क्रममा निधन भएको हो ।

maya metro hospital

उनको एक महिनादेखि कलेजोको उपचार चलिरहेको थियो । वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । उनलाई संविधानविद् तथा लोकतान्त्रिक राजनीतिका अभियन्ताका रूपमा चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.