कैलालीमा अवैध सामान बेवारिसे फेला

कैलाली- कैलालीमा डेढ लाख मूल्य बढीको अवैध सामान बेवारिसे अवस्थामा फेला परेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानमा अन्दाजी १ लाख ७७ हजार ८५० मूल्यको अवैध सामान बेवारिसे अवस्थामा फेला पारेको हो ।

maya metro hospital

शनिबार धनगढी-९ त्रिवेणीघाट, धनगढी-१५ उर्मी र गोदावरी नगरपालिका-१ धनगढी रोडबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका बिडी, सुर्ती, सल, कुर्ता सुरवाल, काठको चम्चा, डिस्पोजल प्लेट, प्लाष्टिक झिल्ली, प्लाष्टिक डोरी लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट संयुक्त खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.