अत्तरिया- अत्तरियाको एक होटेलबाट अनैतिक कृयाकलापमा संलग्न दुई जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका-२ आदर्श टोलस्थित धर्मा होटेलबाट होटेल सञ्चालकसहित दुई जना पक्राउ परेका हुन् ।
शनिबार राति ११:४० बजेको समयमा इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले होटल सञ्चालकसहित एक पुरुषलाई पक्राउ गरेको जनाएको छ ।
उनीहरुमाथि थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।