सुदूरपश्चिममा सात दिन अपाङ्गता दिवस मनाइँने

धनगढी – सुदूरपश्चिममा अपाङ्गता भएका नागरिकहरुले यस वर्ष अन्तराष्ट्रिय दिवस सात दिनसम्म मनाउने भएका छन् । अपाङ्गता भएका व्यक्तिहरुको साझा संस्था राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदुरपश्चिम प्रदेशले यसका लागि ५१ सदस्यीय मूल आयोजक र कार्यविषेश विभिन्न उपसमिति गठन गरि तयारी थालेको हो ।

maya metro hospital

प्रदेश राजधानी समेत रहेको कैलालीको धनगढीमा यस बर्षको अपाङ्गता भएका व्यक्तिहरुको अन्तरास्ट्रिय दिवस यस बर्षको ३ डिसेम्वरलाई सप्तव्यापी (मिति २०८१/८/१४ देखि २० गतेसम्म) विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाइने अध्यक्ष मानबहादुर साँउदले बताए । उनका अनुसार साप्ताहिक कार्यक्रमलाई भव्य रुपमा मनाउनका लागि शनिबार धनगढीमा उपलब्ध संधसंस्थासँग छलफल गरी विभिन्न दर्जनौ उप समितिहरु पनि निर्माण गरिएको छ ।

अन्तराष्ट्रिय दिवसलाई खुशीयालीका साथै आन्दोलनका रुपमा गतबर्ष झै अपाङ्गता भएका युवाहरुको स्वरोजगार मेलासँगै यसवर्ष थप सचेतना मुलक अन्तरकृया, लोकसास्कृतिक कार्यक्रम, निशुल्क उपचार, शिप तथा कला प्रदर्शनी र उत्कृष्ट कार्यको सम्मान लगायतका कार्यक्रम रहने उनले जानकारी दिए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.