अत्तरियाबाट एक लाखका अवैध कुर्ता, सुरुवाल बरामद
अत्तरिया – कैलालीको अत्तरियाबाट एक लाखका अवैध कुर्ता सुरुवाल बरामद गरिएको छ । शनिबार प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सयुक्त प्रहरी टोलीले भारतबाट भन्सार छली ल्याएको अवैध कुर्ता सुरवाल लगायतका कपडा बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार गोदावरी नगरपालिका – १ स्थित अतरिया धनगढी जाने ६ लेन सडक किनारामा लेडिज कुर्ति, सल र उनी कुर्ता सुरुवाल गरी १ लाख ४ हजार ७ सय रुपैयाँ बराबरका भन्सार छलीका कपडा बरामद गरिएको छ ।
बेवारिसे अवस्थामा फेला परेको उक्त कपडा आवश्यक कारवाहिका लागि भन्सार कार्यालय पठाइने प्रहरीले जनाएको छ ।