काठमाडौँ- लुम्बिनी लायन्स क्लबले नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ।
गायीका तथा समाजसेवी आनी छोइङ डोल्मा, क्लबका ब्रान्ड एम्बासडर राजेश हमाल र क्लबका कप्तान रोहित पौडेलले शनिबार लुम्बिनीको मायादेवी मन्दिरबाट जर्सी सार्वजनिक गरेका हुन्।
लुम्बिनी प्रदेशको प्रतिनिधित्व हुने गरी र स्थानीय संस्कृति झल्किने गरि जर्सीको डिजाइन गरिएको छ। गाढा नीलो रङ्गको जर्सीमा सुनौलो रङ्गको किनारा रहेको छ भने बाँया भागमा आक्रामक अवतारको सिंहको टाउको प्रतीक रहेको छ।