कैलाली कञ्चनपुरबाट अढाई लाख बढीको अबैध सामान बरामद
अत्तरिया – प्रहरीले कैलाली कञ्चनपुरबाट अढाई लाख बढीको अबैध सामान बरामद गरेको छ । शुक्रबार कैलालीको धनगढी र कञ्चनपुरको भीमदत्त नगरपालिका, वेदकोटबाट अवैध सामान बरामद गरिएको हो ।
धनगढी उपमहानगरपालिका – २ मिलन चोक र धनगढी उपमहानगरपालिका –१२ कम्पनी टोलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका १ लाख ९० हजार १२६ रुपैयाँ बराबरको चिनी, बिभिन्न कम्पनीका मोबाइल चार्जर लगायतका सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
यस्तै भीमदत्त नगरपालिका – २ भासी, भीमदत्त नगरपालिका – ४ बसपार्क र बेदकोट नगरपालिका – ७ डाउनाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ७८ हजार ८६० रुपैँया बराबरको चिनी, तरकारी, हार्डवेयर लगायतका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।