धनगढी– परराष्ट्र मन्त्री डाक्टर आर्जु राणा देउवाले गेटाको विषयमा सरकारले काम गरिरहेको बताएकी छन । शुक्रबार धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री राणाले गेटामा मेडिकल विषयको अध्यापनका लागि सरकारले काम थालिरहेको बताएकी हुन ।
उनले मेडिकलको अध्यापनका लागि रणनिति तयार गर्ने कार्य सरकारले गरिरहेको बताईन । डडेल्धुराको उग्रतारा मेलामा सहभागी हुन शुक्रबार धनगढी आईपुगेकी मन्त्री राणाले गेटामा मेडिकल विषय अध्यापनका लागि स्वास्थ्य र शिक्षा मन्त्रालय सहित संयुक्त रुपमा रणनीति तयार गर्ने काम गरिरहेको बताईन ।
‘नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयले गेटामा मेडिकल विषयको अध्यापन सुरू गर्ने विषयमा रणनीति बनाइरहेको अवस्था हो’, उनले भनिन्, ‘गेटामा यतैको डाक्टर श्रीपाइली निर्देशक हुनु भएको छ र यहाँको सबैले गेटा सञ्चालनका लागि सकारात्मक भूमिका खेल्नुपर्छ भन्ने मेरो आग्रह छ ।’