कैलालीमा ७ लाख बढीको अवैध सामान बरामद

अत्तरिया- कैलालीमा ७ लाख बढीको अवैध सामान बरामद गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट अन्दाजी ७ लाख २२ हजार ५५२ मूल्यको अवैध सामान बरामद गरिएको हो ।

maya metro hospital

धनगढी-३ ट्राफिक चौहारा र राजघाट, धनगढी-९ त्रिवेणीघाट, जोशीपुर गाउँपालिका-१ पिपरकोटी र जोशीपुर-३ लक्कडबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको चिनी, बिडी, मोबाइल कभर, तिलको तेल, पटाका लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट संयुक्त खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.