काठमाडौँ- नेपाल र भुटानसँगको सीमा सुरक्षाको जिम्मेवारीमा रहेको भारतको सशस्त्र सीमा बल ९एसएसबी० प्रमुख अमृत मोहन प्रसाद आज काठमाडौँ आउँदैछन् ।
हरेक वर्ष पालैपालो एकअर्काको देशमा हुने द्विपक्षीय संवादका लागि एसएसबी महानिर्देशक अमृत मोहन प्रसाद नेपाल आउन लागेका सशस्त्र प्रहरीले जनाएको छ । सीमा सुरक्षामा खटिएका दुईवटा देशका सीमा सुरक्षा फौजबीच मैत्रीपूर्ण सम्बन्ध राखिराख्नका लागि यो भ्रमणको महत्त्व रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।
आइतबारसम्म दुई सुरक्षा सङ्गठनबीच हुने द्विपक्षीय बैठकमा सीमा सुरक्षाका धेरैजसो पुरानै र केही नयाँ परिवेशका विकसित घटनाक्रमले प्राथमिकता पाउने सहप्रवक्ता थापाको भनाइ छ । यसैबीच, भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी पनि मङ्सिर पाँच गते नेपाल आउँदैछन् ।