अत्तरिया- कञ्चनपुरको कृष्णपुरमा आयोजित ज्योती चक्र कप क्रीकेट प्रतियोगिताको उपाधी सरस्वती बिध्या निकेतनले हात पारेको छ । बिहीबार भएको फाइनलमा नवयुग माबि लाई ७ विकेटले पराजित गर्दै सरस्वतिले उपाधि चुमेको हो ।
फाइनलमा टस हारेर ब्याटिङ पाएको नवयुगले १८ दसमलव ३ ओभरमा सबै विकेट गुमाएर ५८ रन मात्रै बनाउन सक्यो । नवयुगका नवीन बडैलाले ३१ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले रन बनाउन सकेनन । सरस्वतिका खेलाडिहरुले कसिलो बलिङ गरेर नवयुगलाइ झिनो रन मै रोक्न सफल भएका हुन् ।
५९ रनको सामान्य लक्ष्य पछ्याएको सरस्वतिले ११ दशमलव ३ बलमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । सरस्वतिका मदन खत्रीले २८ रन बनाए । उपाधी जितेसंगै सरस्वतिले नगद रु। ३१००० सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उप बिजेता बनेको नवयुगले नगद रु। २१००० सहित ट्रफी, मेडल र प्रमाणपत्र मा चित्त बुझायो ।
यसैगरी प्रतियोगितामा पशुपती बिध्या निकेतनका दिपेश कुँवर बेस्ट बलर घोषित हुँदै नगद रु। २ हजार ५ सय बाट पुरस्कृत भए । उनले प्रतियोगितामा १० विकेट लिएका थिए ।
यस्तै बेस्ट ब्याट्सम्यान र प्लेयर अफ द टुर्नामेन्ट नवयुगका नवीन बडैला घोषित भए । उनले बेस्ट ब्याट्सम्यान वाफतको नगद रु। २ हजार ५ सय र प्लेयर अफ द टुर्नामेन्ट वाफतको नगद रु १५००० प्राप्त गरे । प्रतियोगितामा ज्योती अंग्रेजी बोर्डिङ स्कुलका सुशान्त कार्की उदयिमान खेलाडी घोषित भए । १२ टिम सहभागी प्रतियोगिता नगरपालिकाको वडा नम्बर ४ मा रहेको ज्योती अंग्रेजी बोर्डिङ स्कुलले आयोजना गरेको थियो ।
बिहिवार एक औपचारिक कार्यक्रम का बिच बिजयी टोलि र खेलाडिहरुलाइ पुरस्कार बितरण गरिएको थियो । आयोजक ज्योती अंग्रेजी बोर्डिङ स्कुलका संचालक कुबेर खड्काको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथी कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा रहेका थिए । कार्यक्रममा नगरपालिकाका पुर्व नगरप्रमुख कर्ण बहादुर हमाल, कन्चनपुर क्षेत्र नं २ (क) का प्रत्यासी सांसद युवा नेता आदरणीय बचन ब. सिंह, वडा नं ५ का अध्यक्ष टेक पाण्डेय, वडा नं ४ का अध्यक्ष धर्म ब. सिंह लगायतको सहभागिता रहेको थियो ।