आज गुरु नानक जन्मजयन्ती

आजको दिन गुरु नानक अर्थात शिख धर्मावलम्विका गुरुको जन्मदिन हो । आजको दिनलाई गुरु नानक प्रकासोत्सव र गुरुपर्व पनि भनिन्छ र संसारभरका शिख धर्मावलम्वीहरुले बडो श्रद्धाकासाथ मनाउने गर्दछन् ।

maya metro hospital

कार्तिक पूर्णिमाकै दिन शिख धर्मका दश विशेष गुरुमध्येका प्रथम गुरु गुरु नानकको जन्म भएको हो । शिखहरूको दैनिक पूजाआजाको पवित्र स्थल गुरुद्वारामा धर्मावम्विहरुको प्रभातफेरिका साथ आजको दिनको प्रारम्भ गरिन्छ र यस्तो प्रभातफेरिमा विभिन्न प्रकारका मन्त्रोच्चारण गर्दै भजन गाउँदै गुरुको महिमा वर्णन गरिन्छ । विहानको समय यसरी गरिने भजनलाई ‘असा दि भार’ भनिन्छ ।

यस्ता भेलाहरुलाई ‘अमृत भेला’ भनिन्छ र ‘अमृत भेला’ पछी ‘लगांरु’ अर्थात नि:शुल्क सामूदायिक भोजन गर्ने गराउने चलन हुन्छ र यस्ता भोजहरु गुरुद्वाराका स्वंसेवकहरुले आयोजना गर्दछन् । यस्ता भोजहरु आयोजना गरेर कुनै पनि जात, वर्ण, लिंग वा समूदायका मान्छेहरूलार्इ त्यसमा सहभागी हुन छुट हुन्छ । यो सामाजिक सहुष्णिताको एउटा अद्भूत उदाहरण त हो नै भक्ति र सेवाको मार्गमा समाजका सबैजना समान छन् भन्ने सन्देश पनि दिएको छ ।

attariya hospital

विशेषगरि दुई दिन अगाडिदेखिनै पवित्र ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’को ४८ घण्टासम्म अध्ययन गरेर गुरुपर्वको दिन विधीविधान अनुरुप समापन गरिन्छ । यस्तो निरन्तर हुने धार्मिक अध्यनलाई ‘अखण्डपथु’ भनिन्छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.