काठमाडौँ- भक्तपुरमा खुट्टा बाँधिएको अवस्थामा महिलाको शव फेला परेको छ । भक्तपुर नगरपालिका–३ दरबारस्क्वायर इछुगल्ली बस्ने ४९ वर्षीया विष्णुकुमारी त्वयना घरमै मृत फेला परेकी हुन् ।
घरको चौथो तलामा एक्लै बस्दै आएकी उनी कपडाले दुवै खुट्टा बाँधिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक सूचना अधिकारी ढुण्डीराज नेउपानेले बताए ।
घटनाको प्रारम्भिक अनुसन्धानपछि शव पोस्टमार्टमका लागि काठमाडौँ मेडिकल कलेज भक्तपुर पठाएको प्रहरीले बताएको छ ।