म्याग्दी- गण्डकी प्रदेशकी प्रदेशसभा सदस्य विमला गौचनको निधन भएको छ । उनको काठमाडौँको ग्राण्डी अस्पतालमा गएराति उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति रेशमबहादुर बानियाँले जानकारी दिए ।
गौचनको ६३ वर्षको उमेरमा निधन भएको हो । म्याग्दी घर भएकी गौचन गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद थिइन् । केही दिनअघि उनलाई डेङ्गी सङ्क्रमण भएको थियो ।